Comments Add Comment

हिंसा समस्याको समाधान होइन : प्रदीप ज्ञवाली

२४ फागुन, गुल्मी । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिंसा समस्याको समाधान नभएको बताएका छन् । शुक्रबार तम्घासमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री ज्ञवालीले देशमा छिटफुट रुपमा भइरहेका हिंसात्मक क्रियाकलापप्रति सरकारको गम्भीर ध्यानाकषर्ण भएको बताए ।

उनले गएको दशकमा नेपालले ठूलो हिंसात्मक द्वन्द्वको शृङ्खला व्यहोर्नु परेको भन्दै अघि भने, ‘धेरै नेपालीहरुको ज्यान गएकाले त्यसको निश्कर्षबाट हिंसा समस्याको समाधान होइन भन्ने पुष्टि भएको छ ।’

उनले बिगतको द्वन्द्वको समधान खोज्दै देशमा शान्ति स्थापित भइसकेको बताए । शान्ति नै एक मात्र विकल्प हो भन्ने कुरा स्थापित भइसकेको भन्दै उनले भने, ‘केही क्षणिक समूहहरुको आत्मसन्तुष्टिहरुको लागि अहिले गरिएका हिंसात्मक क्रियाकलापहरु उचित छैनन् ।’

मन्त्री ज्ञवालीले कुनै बहकाउमा लागेर हिंसात्मक गतिबिधिमा लागेका युवाहरुलाई तुरुन्त गलतबाटो त्याग्न आग्रह गरे । सरकारले पनि गलत बाटोमा लागेका युवाहरुलाई फर्कन आग्रह गरेको उनको भनाइ छ ।

सरकार गठनपछि संविधान कार्यान्वयन, छिमेकी मुलुकसँग नयाँ शिराबाट सम्बन्ध सुधार भएको भन्दै मन्त्री ज्ञवालीले विकास र समृद्धिको जग खडा भएको बताए ।

उनले चार वर्षको अवधिमा समृद्धिका लागि काम गर्ने भन्दै अबको तीन वर्षभित्र नेपाल अल्पविकसित मुलुकबाट विकासशील दर्जामा पुग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment