Comments Add Comment

नारी दिवसमा ‘पुरुष पदयात्रा’

२४ फागुन, वीरगञ्ज । अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा वीरगञ्जमा ‘पुरुष पदयात्रा’ निकालिएको छ ।

लैंगिक समानताका लागि समान सोच र व्यवहार : समृद्धिको आधार भन्ने नाराका साथ ‘पुरुष पदयात्रा’ निकालिएको हो ।

वीरगञ्जको घण्टाघरबाट निकालिएको पदयात्रा माईस्थान, आदर्शनगर, अलखियामठ, लोहरपट्टी, दुई नम्बर रोड हुँदै पूनः घण्टाघरमा आएर सभामा परिणत भएको थियो । पदयात्रामा सहभागीहरुले ‘नेपाली पुरुषहरु भन्छन् : महिला माथि हिंसा नगरौं ।

छोरा छोरीबीच विभेद नगरौं, महिलाको कामलाई सम्मान गरौं, छोरीलाई दाईजो होइन शिक्षा दिउ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए । घण्टाघरमा आयोजित कोण सभामा बोल्ने वक्ताहरुले महिलालाई अगाडी बढाउन पुरुषहरुले कुनै कसर बाँकी राख्न नहुनेमा जोड दिए ।

वीरगञ्ज महानगरपालिकाका वरिष्ठ जनस्वास्थ्य प्रशासक अरुण महतोले स्थानीय तहहरुले लैंगिक विभेद अन्त्य गर्ने सवालमा खासै काम गर्न नसकेको औल्याए । ‘समान काम गरेपनि महिलाले अझै समान ज्याला नपाउने अवस्था विद्यमान छ, यस्ता असमान व्यवहारमा परिवर्तन ल्याउन पालिकाहरुले खासै ध्यान दिन सकेका छैनन् ।’ उनले भने ।

नागरिक संवाद मञ्चका संयोजक ओम प्रकाश सर्राफले महिलालाई समान अवसर नदिएसम्म समृद्धि नआउने दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment