Comments Add Comment

एसईईका लागि रकम उठाउन अध्यक्षको कीर्ते हस्ताक्षर !

२४ फागुन, काठमाडौं । जाजरकोटको एक विद्यालयमा माध्यामिक शिक्षा परीक्षा (एसईई) का लागि रकम उठाउने निर्णयमा अध्यक्षको कीर्ते हस्ताक्षर गरेको खुलेको छ ।

केही दिनअघि छेडागाड नगरपालिका-५ को भाग्योदय माविमा ज्येष्ठ अभिभावक तिलकबहादुर अधिकारीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकले चैत १० गतेबाट हुने एसईई परीक्षामा सहभागी हुने विद्यार्थीहरुको बन्दोबस्तका लागि भन्दै रकम उठाउने निर्णय गरेको थियो ।

निर्णय पुस्तिकाको उपस्थितिमा अध्यक्ष कर्णबहादुर नेपालीको समेत हस्ताक्षर छ । तर, उनले आफ्नो कीर्ते हस्ताक्षर गरी उपस्थिति देखाइएको बताएका छन् ।

उपस्थितिमा अध्यक्षको नाम र हस्ताक्षर अन्तिममा छ । आफू विद्यालय हातामा अर्कै कामका लागि रहे पनि बैठकमा सहभागी नभएको कर्णबहादुरले विज्ञप्तिमार्फत बताएका छन् ।

निर्णयमा विद्यार्थीका लागि खान बस्ने व्यवस्थाका लागि रकम उठाउने उल्लेख गरिए पनि विद्यार्थीलाई चिट चोराउनका लागि रकम उठाउने निर्णय भएको बैठकमा सहभागी एक अभिभावकले बताएका छन् ।

बैठकले गरेको निर्णय ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment