+
+
Shares

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा आगलागी

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २४ गते २१:२१

२४ फागुन, काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायीसंघका अध्यक्ष रोहन गुरुङको घरमा आगलागी भएको छ । विष्फोटपछि भएको आगलागीले घरमा क्षति पुगेको छ ।

राजधानीको बसुन्धरास्थित गुरुङको घरमा शुक्रबार साँझ विष्फोट भएर आगलागी भएको हो । ग्यास सिलिण्डर वा बम नै विष्फोट भएको हो भन्नेबारे प्रहरीले केही बताएको छैन । ग्यास सिलिण्डर विष्फोट भएर आगलागी भएको प्रारम्भिक अनुमान छ ।

घरको पहिलो तलामा भएको आगलागीमा परी पार्किङको गाडी पनि जलेको छ । विष्फोटमा परेर गुरुङको घरमा डेरा गरी बस्ने मणीराम पौडेल घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?