Comments Add Comment

नेपाली गीतमा नाचिन् चिनियाँ राजदूत

Photo Credit : रासस

२५ फागुन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी नेपाली गीतमा नेपाली पहिरन लगाएर नाचेकी छन् ।

१०९ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा चिनियाँ दूतावासले आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रममा राजदूत यान्छी नाचेकी हुन् ।

‘चरी जस्तै उड्न पाए गगनको तलतिर’ बोलको गीतमा उनी साढे तीन मिनेटसम्म नाचिन् । उनले रातो लेहेंगा लगाएकी थिइन् । ग्रुप डान्समा उनलाई अन्य कलाकारहरुले साथ दिएका थिए ।

कार्यक्रममा राजदूत यान्छीसहित चिनियाँ विद्यार्थी पनि नेपाली गीतमा नाचेका थिए । उनीहरुले चिनियाँ भेषभुषासहित पनि सांस्कृतिक प्रस्तुति प्रस्तुत गरे ।

कार्यक्रममा महिला बालबालिका मन्त्री थममाया थापामगर प्रमुख अतिथि थिइन् भने प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्य, कांग्रेस नेतृ आरजू राणालगायतका बिभिन्न दलका नेतृहरु सहभागी थिए ।

नाच सकिएपछि राजदूत यान्छीसँग नेपालका नेतृहरुले सामुहिक फोटो खिचाएका थिए । कतिपयले राजदूतसँग सेल्फी पनि खिचे ।

चिनियाँ राजदूतसँग सेल्फी खिच्दै नेपाली नेतृहरु । फोटो : रत्न श्रेष्ठ/रासस
महिला नेतृहरुसँग नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी । फोटो : रत्न श्रेष्ठ/रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment