Comments Add Comment

भक्तपुरमा स्कुटर दुर्घटना, एक जनाको मृत्यु

२५ फागुन, काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका ६ घलाते चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

काठमाडौंबाट सूर्यविनायकतर्फ गइरहेको बा ९५ प ३३१८ नम्बरको स्कुटर शनिबार बिहान करिब चार बजेतिर दुर्घटना हुँदा सिन्धुपाल्चोक लिसंखुपाखा-२ घर भइ हाल सूर्यविनायक बस्ने २६ वर्षीय रन्जीब लामाको मृत्यु भएको हो ।

स्कुटरको पछाडि सवार रामेछापको सुनपती-४ घर भई हाल पाण्डुबजार बस्ने २३ वर्षीय पासाङ तामाङ घाइते छन् । उनको उपचार मध्यपुर अस्पतालमा भइरहेको भक्तपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकृत प्रहरी निरीक्षक सुशील कुमार पाण्डेका अनुसार स्कुटर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

घरभित्रै मृत फेला

यसैबीच शनिबार बिहान ६ करिब ६ बजेतिर भक्तपुरको सानोठिमी संगमचोक बस्ने १८ वर्षीय अनिश भण्डारी आफ्नै घरभित्र मृत फेला परेका छन् । पंखा झुण्ड्याउने हुकमा सलको पासो लगाइ झुण्डिएको अवस्थामा उनी मृत फेला परेका हुन् ।

महानगरी प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी टोली घटनास्थलमा खटिएर अनुसन्धान सुरु गरेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए । उनको मृत्युको कारण खुलेको छैन । भण्डारीको शव पोष्टमार्टमको लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment