Comments Add Comment

गोदावरीमा मस्तीसँगै सेल्फी

विदाका दिन घुम्न जानका लागि काठमाडौंबाट नजिकैको गन्तव्य हो, गोदावरी । ललितपुरमा रहेको गोदावरी जैविक विविधताले भरिएको सुन्दर पर्यटकीय क्षेत्र हो ।

यहाँको बगैंचामा बाह्रै महिना फूल फल्छन् भने थरिथरि चराहरुको वासस्थान पनि हो यो ।

आज शनिबार । हरेक साताझैं आज पनि गोदावरीमा आन्तरिक पर्यटकको भीड लागेको छ । विदाको दिनलाई सदुपयोग गर्न किशोरकिशोरी, युवायुवती तथा वयस्क व्यक्तिहरुको यहाँ भिड छ । उनीहरु गोदावरी जंगलभित्र रहेको मनोरम दृश्यहरुलाई सेल्फीमार्फत कैद गरिरहेका भेटिएका थिए ।

आफ्नो स्मार्टफोन हातमा लिएर तन्नेरीहरु ओठ चुच्चो बनाएर सेल्फी पोजमा तैनाथ छन् । विभिन्न गेटअपमा प्रस्तुत भएर उनीहरू सेल्फी खिचेर फेसबुक, ट्वीटर, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालमा अपलोड गर्ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment