Comments Add Comment

असन्तुष्ट नेताहरुलाई प्रधानमन्त्रीको जवाफ : शंका-षड्यन्त्रमाथि मेरो विश्वास छैन

२६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब पृथकतावादी आन्दोलन समाप्त भएको बताएका छन् । सिके राउतले पृथकतावादी आन्दोलन छाडेर सरकारसँग सहमतिमा आउनु सफलता भएको उनले बताए ।

आइतबार किसान आयोगले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत समूहले आफ्ना आग्रह छोडेर मूलधारको राजनीतिमा प्रवेश गर्‍यौं भन्ने घोषणाका साथ सरकारसँग सहमति गरेको बताए । उनले भने, ‘अब कुनै पृथकतावाद छैन, पृथकतावादी आन्दोलन, समूह, संगठन केही छैन नेपालमा ।’

सरकार र राउत समूहबीच भएको सहमतिमाथि गरिएको आशंकाप्रति उनले असन्तुष्टि जनाए । ‘पृथकतावाद छाडेर मूलधारमा आउनु र ल्याउन सफलता र सकारात्मक होइन भने के हो ?’ प्रधानमन्त्री ओलीले भने, ‘शंका छ रे ? भन्ने कुरा भनिराखेको छ उसले । फेरि शंका छ रे ? शंका, षड्यन्त्र, धोकामाथि मेरो विश्वास छैन ।’

उनले राजपातर्फ संकेत गर्दै केही-केही मान्छे कुनाकाप्चामा छटपटाएको तर, त्यो विरालो रिसायो भने खाँबो चिथोर्छ भने जस्तै मात्र भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment