Comments Add Comment

राप्रपा नेताको टिप्पणी : सिके राउतसँगको सम्झौता मुलुकको स्वतन्त्रतामा गम्भीर आघात

२६ फागुन, बुटवल । पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता निरञ्जन थापाले सरकारले सिके राउतसंग गरेको सहमति मुलुकको स्वतन्त्रतामा गम्भीर आघात भएको टिप्पणी गरेका छन् ।

‘नेपालभित्र कहिँ स्वतन्त्र मधेस नै छैन,तर सरकारले स्वतन्त्र मधेसका नेता भन्दै सिके राउतलाई जुन सम्मान र सहमति गर्यो त्यो डरलाग्दो र गैरजिम्मेवार कुरा हो ।’

राप्रपाद्वारा बुटवलमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले गलत ढंगले सम्झौता गरेको बताए । ‘सहमति हुनु त राम्रै हो तर ‘स्वतन्त्र मधेस’ र ‘जनमत संग्रह’को कुराले देश विखण्डन हुनसक्छ ।’

मेची—महाकाली राष्ट्रिय स्वाभिमान यात्राको अभियान सोमबार बुटवलमा आइपुग्दैछ । बुटवलको सभामा केन्द्रीय अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, पूर्वमन्त्री निरञ्जन थापा, बुद्धिमान तामाङ लगायतले सम्बोधन गर्ने राप्रपाका नेता प्रदीप उदयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment