२६ फागुन, काठमाडौं । वेबसाइटमा समस्या आएर कारोबार रोकिए पछि यतिबेला नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को बैठक जारी छ ।
साताको पहिलो दिन आइतबार वेबसाइटमा समस्या आएर करिब डेढ घण्टा कारोबार रोकिए पछि पुनः त्यस्तो समस्या आउन नदिन छलफल भइरहेको नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए ।
केहि समय कारोबारमा समस्या आए पनि अहिले समाधान भइसकेको त र पुनः त्यस्तो समस्या आउन सक्ने भएकाले प्राविधिक समेत राखेर नेप्से कार्यालयमा छलफल भइरहेको उनले बताए ।
वेबसाइटमा देखिएको समस्याका बारेमा केहिबेरमै नेप्सेले विज्ञप्ती जारी गर्ने समेत उनले बताए । ‘दिउसो समस्या आएको हो यही विषयमा हामी अहिले मिटिङ छौं’, प्रवक्ता पराजुलीले भने, ‘भोलिदेखि यस्तो समस्या आउँदैन, केहिबेरमा विज्ञप्ती जारी गर्दै छौं ।’
नेप्सेको अनलाइन कारोबार प्रणालीमा खराबी आउँदा १२ बजेर ४१ मिनेटपछि कारोबार हुन सकेको थिएन ।
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4