Comments Add Comment

लागुऔषध चरेससहित डडेल्धुराबाट १ जना पक्राउ

२७ फागुन, डडेल्धुरा । लागुऔषध चरेससहित प्रहरीले १ जनालाई डडेल्धुराबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३६ वर्षीय बहादुरसिंह खड्का रहेका छन्।

तुफानडाँडास्थित आर.के.फास्ट फुड नास्ता पसलका सञ्चालकसमेत रहेका खड्काले प्याकेट बनाइ चरेस बिक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर केसीले जानकारी दिए।

प्रहरीले खड्काको पसलबाट ३ सय ३५ ग्राम चरेशसमेत बरामद गरेको छ । डडेल्धुरा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment