Comments Add Comment

भदौमा नम्रताको ‘जाइरा’

यो बर्ष नै रिलिजमा आउने बताइएको चलचित्र ‘जाइरा’ले अब नयाँ प्रदर्शन मिति तय गरेको छ । नायिका नम्रता श्रेष्ठलाई मिक्स मार्सल आर्ट खेलाडीको भूमिकामा देखाइएको यो चलचित्रलाई आउँदो बर्षको भदौ ६ गते रिलिज हुने भएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर चलचित्रलाई रिलिज गर्न लागिएको बताइएको छ । एक महिलाले लिएको प्रतिशोधको कथामा यो चलचित्र बनेको छ । चलचित्रमा नायिका नम्रता श्रेष्ठ, नायक अनुप विक्रम शाही, प्रमोद अग्रहरि, रेमनदास श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

साथमा चलचित्रमा नव–कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको मुख्य भूमिका छ । नम्रताले यो चलचित्रका लागि कपाल समेत काटेकी थिइन् । साथै, उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी पुर्याएकी थिइन् ।

नायिका श्रेष्ठले आफूले चलचित्रका लागि ६ महिना एक्सनको तालिम समेत लिएको बताइन् । आशुतोष राज श्रेष्ठले यो चलचित्रलाई निर्देशन गरेका हुन् । पटकथाको काम निर्देशक श्रेष्ठ र निरोज महर्जनले सम्हालेका छन् । कटामरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रलाई नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रालिको ब्यानरमा प्रस्तुत भएको हो । प्रशन्न गोपाली कार्यकारी निर्माता रहेको यो चलचित्रलाई लोकेश बज्रचार्यले सम्पादन गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment