Comments Add Comment

महिला साफ : भुटानविरुद्ध नेपालको टीममा को को ?

२८ फागन, विराटनगर । पाँचौ संस्करणको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उट्घाटन खेलमा भुटानविरुद्ध निरु थापाको कप्तानीमा नेपाल मैदानमा उत्रिदैछ ।

विराटनगरस्थित शहिद रंगशालामा केहीबेरमा सुरु हुने खेलमा नेपालको कप्तान निरुले सम्हाल्ने भएकी हुन् । भुटानविरुद्ध नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने भएको छ ।

भुटानविरुद्ध शखुद सुरुवात गर्ने लक्ष्यमा रहेको नेपालको बलियो टिम हो । अहिलेसम्म भुटानले नेपाललाई पराजित गर्न सकेको छैन ।

सन् २०१६ मा भारतमा सम्पन्न चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भुटानमाथि ८–० गोलअन्तरले पराजित गरेपश्चात पहिलो पटक भेट हुन लागेको हो । त्यो खेलमा नेपालकी सावित्रा भण्डारीले डबल ह्याट्रिक गोल गरेकी थिइन् ।

नेपाली टिम

गोलकिपर – एञ्जिला सुब्बा

डिफेन्डर – हिरा भुजेल, गीता राना, अमृता जैसी, मनमाया लिम्बु

मिडफिल्डर – अनिता बस्नेत, दिपा राई, मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी

फरवार्ड – निरु थापा (कप्तान), सावित्रा भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment