Comments Add Comment

आफ्नै औंठाछाप लगाएर वृद्धभत्ता हिनामिना गर्ने सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

२८ फागुन, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाको भत्ताको रकम हिनामिना गर्ने दैलेखका तत्कालिन गाविस सचिव र सहायक लेखापालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आफ्नै औंठाछाप लगाएर सामाजिक सुरक्षाको भत्तावापतको १ लख ८४ हजार रुपैयाँ हिनामिना गर्ने दैलेको तत्कालिन द्वारी गाविस सचिव टीकाराम रेग्मी र ४ लाख ९७ हजार ७० रुपैयाँ हिनामिना गर्ने सहायक लेखापाल छविराम शर्माविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । सामाजिक सुरक्षा भत्तामा जेष्ठ नागरिक, दलित, एकल महिलालाई वितरण गर्ने भत्ता पर्छ ।

रेग्मीले आर्थिक वर्ष २०६९/०७० को दोस्रो र तेस्रो तथा २०७०/०७१ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको १ लाख ८४ हजार रुपैयाँ आफ्नै औठाछाप लगाई सेवाग्राहीलाई रकम वितरण नगरी हिनामिना गरेको देखिएको अख्तियारको दावी छ । अख्तियारले उक्त हिनामिना भएको रकम रेग्मीबाटै असुल गर्न पनि माग गरेको छ ।

दैलेखकै तत्कालिन द्वारी गाविसका सहायक लेखापाल (खरिदार) छविराम शर्माले आर्थिक वर्ष २०७१/०७२ को पहिलो र तेस्रफ चौमासिक तथा २०७२/०७३ को पहिलो, दोस्रो र तेस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ताबापतको ३ लाख ४४ हजार छ सय आफ्नै औठाछाप लगाई निकालेर हिनामिना गरेको देखिएको अख्तियारले बताएको छ ।

उनले कृषि, वन तथा वातावरण शीर्षक बापतको १ लाख ५२ हजार ५ सय ७० रुपैयाँ कामै नगरी हिनामिना गरेको पनि अख्तियारको दावी छ ।  अख्तियारले शर्माले हिनामिना गरेको रकम पनि उनीबाटै असुल उपर गर्न माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment