+
+
Shares

गोपाल किराती भन्छन्– वार्तामा नआएर विप्लवले गल्ती गरे !

‘सरकारले विप्लवमाथिको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २८ गते २१:५५

२८ फागुन, काठमाडौं । पुनगर्ठित माओवादी केन्द्रका नेता गोपाल किरातीले विप्लव समूहलाई हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गरेका छन् । सरकारले वार्तामा बोलाउँदा नआएर विप्लव समूहले गल्ती गरेको किरातीको ठहर छ ।

त्यसैगरी सरकारले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर अर्को गल्ती गरेको किरातीले अनलाइनखबरलाई बताए । मन्त्रिपरिषदले विप्लव नेतृत्वको माओवादीमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्ने किरातीले माग गरे ।

‘सरकारले विप्लव नेतृत्वको माओवादीमाथि लगाएको प्रतिबन्ध तत्काल फिर्ता लिनुपर्छ’ माओवादी नेता किरातीले अनलाइनखबरसँग भने, ‘विप्लवजीहरु पनि हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउनुपर्छ ।’

पूर्वमन्त्री किराती माओवादी केन्द्रबाट विद्रोह गरेर अलग्गै समूह बनाएका छन् । भर्खरै बुटवलमा किारती समूहको बैठक सकिएको छ । किराती नेतृत्वको पुनगर्ठित माओवादी केन्द्रले महाधिवेशनको तयारीसमेत गरिरहेको छ ।

पार्टीको बैठक सकेर बुटवलबाट मंगलबारमात्रै राजधानी फर्किएका किरातीले अनलाइनखबरसँग भने, ‘सरकारले विप्लव समूहलाई आपराधिक संगठनका रुपमा प्रतिबन्ध लगाउने निर्णय गर्नु सही होइन ।’

यसैवीच गोपाल किराती नेतृत्वको पुनर्गठित माओवादी केन्द्र र विप्लव नेतृत्वको नेकपावीचमा एकताका लागि छलफलसमेत चल्दै आएको छ । तर, आफूसँग धेरै कुरामा विप्लवको लाइन नमिलेको किराती बताउँछन् ।

अहिलेको परिस्थितिमा हतियार बिसाएर शान्तिपूर्ण राजनीतिमा आउन आफूले विप्लवलाई आग्रह गरेको तर उनी झनै जनमिसिया बनाउने बाटोतिर गएको किरातीको गुनासो छ ।

सिके राउत जसरी विप्लव पनि खुल्ला राजनीतिमा आए हुन्थ्यो भन्ने तपाईको चाहना हो ? भन्ने अनलाइनखबरको प्रश्नमा किरातीले भने, ‘मैले भनेको कहाँ मान्छन् र ? अहिले क्रान्तिलाई बचाउनुपर्छ भनेको हुँ, तर सोमप्रसाद पाण्डेको वार्ता समितिले बोलाएको वार्तामा नआएर उहाँहरुले गल्ती गर्नु भो ।’

लोकेन्द्र विष्ट भन्छन्– सरकारको बोलीको ठेगान भएन

यसैवीच अर्का पूर्वमन्त्री एवं पूर्वमाओवादी नेता लोकेन्द्र विष्टले भने सिके राउतलाई चाहिँ सांसद र मन्त्री बनाउन खोज्नु अनि विप्लवमाथि प्रतिबन्ध लगाउनु सरकारको दोहोरो चरित्र भएको प्रतिक्रिया दिए ।

माओवादी केन्द्र छाडेर हाल स्वतन्त्र रहेका पूर्वमन्त्री विष्टले भने, ‘यसअघिसम्म सरकारका तिनै मान्छेले विप्लव समूह राजनीतिक शक्ति हो भनिरहेका थिए, आज आएर एक्कासी आपराधिक समूहको जस्तो व्यवहार गर्नुले सरकारमा बस्नेहरुमा बोलीको ठेगान नभएजस्तो देखियो ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?