Comments Add Comment

युएईको एयरपोर्टमा ४ दिनदेखि रोकिएकी नेपाली महिलाको उद्धार

युएई । भिसा परिर्वतन गर्न कुवेत हिँडेकी एक महिलालाई युएईमा उद्धार गरी नेपाल फर्काइएको छ । ताप्लेजुङ सेवा समाज युएईले सारजा एयरपोर्टमा ४ दिनदेखि रोकिएकी आठराई त्रिवेणी गाँउपालिकाकी मिना गिरीको उद्धार गरी नेपाल फर्काएको हो ।

उनलाई अध्यागमनको सहयोगमा आइतबार नेपाल फर्काएको समाजका महासचिव भवानी लिम्बुले जानकारी दिए ।

भिसा परिर्वतनका लागि युएईबाट कुवेत जाने क्रममा सारजा अध्यागमन विभागले गिरीलाई अवैधानिक ठहर गरी गत बुधबार रोकेको थियो । उनको साथमा रहेको कागजपत्रमा अनुसन्धान गर्दा उनी अवैधानिक रहेको ठहर भएको हो ।

गिरीका विषयमा नेपाल विश्व सहयोग समाज युएईका अध्यक्ष गोबिन्द्र ढकालले ताप्लेजुङ सेवा समाजकी अध्यक्ष सोनी भण्डारीलाई जानकारी गराएका थिए ।

समाजले गिरीलाई नेपाल फर्काउन आवश्यक टिकटको व्यवस्थापन गरेपछि उनलाई आइतबार अध्यागमन विभागले नेपाल डिपोर्ट गरेको हो । उनलाई यहाँ आउन रोक लगाइएको जनाइएको छ ।

यसरी भइन् अवैधानिक

गिरी ४ वर्षअघि रोजगारीका लागि युएई आएकी हुन् । डेढवर्षसम्म गल्फ ब्रदर कम्पनीमा काम गरिन् । उक्त कम्पनी बन्द भएपछि नयाँ कामको खोजीमा उनलाई एक नेपालीले १५ दिन राखेका थिए ।

उनले काममा लगाउन नसकेपछि अर्को नेपाली एजेन्टमार्फत भारतीय नागरिकको घरमा काम मिल्यो ।

नयाँ भिसाको नविकरण गर्ने समयमा काम गरिरहेको ठाँउबाट नमानेपछि एकवर्ष अबैधानिक भएर काम गरेको उनले बताइन् । गिरी भन्छिन्- भिसाको अवधि रहदाँसम्म काममा लगाएको र सकिएपछि मालिकले नयाँ भिसा लगाइदिने बताउँदै एकवर्षसम्म अवैधानिक बनाएर काम लगाए । भिसा लगाइदिन पटक-पटक आग्रह गर्दा अन्त जागीर खोज्न भने ।

त्यसपछि उनी, त्यहाँबाट भागेर बाहिर आइन् । अबैधानिक बसोबास गरिरहेकी उनलाई गत साउनमा युएई सरकारले दिएको आममाफी प्रकृयाले वैधानिक बन्न बाटो खुल्यो ।

युएई सरकारले अबैधानिक बसोबास गर्ने बिदेशी नागरिकलाई घर फर्किन वा कानूनी प्रकृया पूरा गरेर बस्न आग्रह गरेको थियो । उक्त समयमा कानुनी प्रकृया पूरा गरेकाहरुलाई ६ महिनाको भिसा दिने व्यवस्था थियो । सोहीअनुसार उनले नेपाली दूतावासमार्फत कागजात पूरा गरी ६ महिनाको भिजिट भिसा लिएकी थिइन् ।

त्यसपछि पुनः नेपाली एजेन्टको सहायतामा रोजगार पाइन् । पुनः अर्का भारतीय नागरिकको घरमा काम गर्न थालिन् ।

भिसाका लागि भारतीय नागरिकाले गिरीबाट ५ हजार दिहराम मागेका थिए । उनले ३ हजार दिहराम त्यसबेला दिएको र थप दुई हजार आफ्नो तलवबाट कटाउन भनेकी थिइन् । तर, काम लगाइदिने एजेन्टले मालिकसँग कमिसन मागेपछि गिरीलाई कामबाट निकाल्यिो ।

६ महिनाको भिजिट भिसा लिएकाहरुले उक्त समयमा कामदार भिसा लिएर मात्र थप बस्न पाउने यहाँको सरकारको नीति छ ।

थपिएको भिजिट भिसाको समय सकिएकाले भिसा परिर्वतनका लागि कुवेत जान खोजिरहेको अवस्थामा उनलाई अध्यागमनले रोकेको समाजका महासचिव लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment