Comments Add Comment

एसएस राजमौलीको चलचित्रमा परिणितीको सम्भावना

‘बाहुबली र बाहुबली २’ बाट चर्चामा आएका निर्देशक एसएस राजामौली नयाँ फिल्म ‘आरआरआर’ को तयारीमा छन् । यस चलचित्रका लागि राम चरण र जुनियर एनटिआर पक्का छन् । तर, चलचित्रको लागि नायिका भने पक्का हुन सकेको छैन् । चलचित्रका लागि परणिती चोपडादेखि जान्भी कपुरसम्मलाई अफर गरिएको छ ।

यस्तैमा, परणितीलाई बलिउड मिडियाले प्रश्न गरेको छ, ‘के तपाई ‘आरआरआर’मा काम गर्दै हुनुहुन्छ ?’ यसमा परणितीले पनि सहज तरिकाको उत्तर फर्काएकी छिन् । उनले भनेकी छिन्, ‘अहिले मैले एक नयाँ चलचित्र साइन गरिसकेको छु । तर, कुन भन्ने चाहीँ केही दिनमा थाहा पाउनु हुनेछ ।’

आरआरआरसँग सम्बन्धित रहेर गरिएको प्रश्नमा उनको यो उत्तरले परिणितीले उक्त चलचित्र साइन गरिसकेको हो कि भन्ने बुझिन्छ । यदी परणितीले यस चलचित्रमा काम गरे उनको साउथ चलचित्रमा डेब्यु हुनेछ । परणितीले आफ्नो नयाँ चलचित्रलाई लिएर निकै उत्साहित भएको समेत बोलेकी छिन् ।

३०० करोड लगानीमा निर्माण हुन लागेका आरआरआलाई हैदरवादमा खिचिनेछ । चलचित्रको छायांकनका लागि त्यहाँ निकै भव्य सेट समेत तयार गरिएको छ । छिट्टै नै छायांकनको तयारीमा रहेको यस चलचित्रलाई सन् २०१९ भित्र रिलिज गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment