
मेलेसिया । मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपालमा निर्धक भएर लगानी गर्न लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।
क्वालालम्पुरमा भएको एक कार्यक्रममा बोल्दै राजदूत पाण्डेले नेपालमा प्रचुर सम्भावना रहेका जलविधुत पर्यटन र पूर्वाधार जस्ता क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
लगानी सम्मेलनको पूर्वसन्धामा नेपाल लगानी बोर्ड र विश्व बैंक मलेसियाले बुधबार आयोजना गरेको कार्यक्रममा राजदूत पाण्डेले भने, ‘आउँदो मार्च २९ र ३० मा लगानी सम्मेलन काठमाडौंमा हुँदैछ मलेसियाले सकि्रयतापूर्वक भाग लिनुस् दूतावासले सक्दो सहजीकरण गर्नेछ ।’
विश्व बैंकका मलेसियाका कन्ट्री मेनेजर डा.फिराज राडले सहजिकरण गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालका सहसचिव दिनेश भट्टराईले नेपालमा विदेशी लगानी आकषिर्त गर्न पछिल्लो समयमा सरकारका तर्फबाट भैरहेको नीतिगत तथा कानूनी सूधारहरु तथा लगानी सम्मेलनबाट लिन सकिने फाइदाहरुबारे जानकारी गराएका थिए ।
कार्यक्रममा मलेशियाका विभिन्न प्रतिष्ठित व्यवसायी, लगानीकर्ताहरु, कम्पनीहरु, नेपाल मलेसिया विजनेश काउन्सिलका पदाधिकारीहरु, नेपाल उधोग वाणिज्य संघका पदाधिकारीहरु, नेपाल उधाग परिसंघका पदाधिकारीहरु विश्व बैंकका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया 4