+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

कांग्रेसको प्रश्न : ११ बुँदे सहमतिमा सरकार षड्यन्त्रमा फसेको हो ?

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन २९ गते १६:३१

२९ फागुन, काठमाडौं । नेपाली कांग्रेसले ११ बुँदे सहमतिको साझा व्याख्या सार्वजनिक गर्न सरकार र सिके राउत पक्षसँग माग गरेको छ ।

सहमतिको दोस्रो बुँदाले विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल खोज्ने गरी राज्यकै तर्फबाट बैधानिकता दिएको भन्दै कांग्रेसले सरकारले यसलाई तत्काल सच्याउनुपर्ने वा दुबै पक्षको संलग्नतामा साझा व्याख्या गर्नुपर्ने बताएको हो ।

बुधबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले  जनअभिमतमा आधारित लोकतान्त्रिक विधि भन्नाले जनमतसंग्रहकै अर्थ लाग्ने भन्दै सरकार षड्यन्त्रमा फसेको हो वा सरकार स्वयं राष्ट्रघाती षड्यन्त्रमा सहभागी भएको हो भन्ने प्रश्न उब्जिएको बताएका छन् ।

सिके राउतले जनमत संग्रह गर्न सरकार सहमत भएको भनी ब्याख्या गरेको ५ दिन भइसकेको र जनकपुरमा स्वतन्त्र मधेसको ब्यानरसहित प्रदर्शन भएको तीन दिन बित्दासमेत सरकारले सामान्य प्रतिक्रिया जनाउनु रहस्यमय भएको कांग्रेसले बताएको छ ।

प्रवक्ता शर्माले तराइ मधेसमा देखिएको असन्तुष्टि हल गर्ने मूल बाटो संविधान संशोधन नै हो भन्दै संविधान संशोधन नगरी सिके राउतसँग सहमति गर्नु राष्ट्रघाती हो कि होइन भनी प्रश्न गरेका छन् ।

कांग्रेस नेतृत्वको सरकारले ल्याएको संविधान संशोधन विधेयकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा राष्ट्रघाती भनेको भन्दै शर्माले प्रश्न गरेका छन् । ‘संविधान संशोधनको त्यो प्रस्ताव राष्ट्रघाती कि जनमत संग्रहको यो सम्झौता राष्ट्रघाती ?’

यो पनि पढ्नुस्–

कांग्रेसको प्रश्न : गृहमन्त्रीलाई पत्याउने कि सिके राउतलाई ?

सिके राउतसँग सहमति सस्तो लोकप्रियताको अर्को उदाहरण : प्रकाशमान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?