Comments Add Comment

महिला साफ : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत

२९ फागुन, बिराटनगर । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ ।

विराटनगरको शहिद रंगशालामा आज (बुधबार) भएको खेलमा भारतले माल्दिभ्सलाई ६-० गोलअन्तरले पराजित गर्दै शुखद सुरुआत गरेको हो । भारतको जितमा सन्जुले दुई गोल गरिन् । ग्रेस डङमे, सन्धिया रंगनाथन, इन्दुमाथी कठिरेसन र रतनबाला देवी नोङमाइथेमले गोल गरे ।

पहिलो हाफमा पाँच गोलको फराकिलो गोलअन्तरको अग्रता बनाएको भारतले दोस्रो हाफमा आफ्नो दबाबलाई कायमै राखेपनि एक गोल मात्रै गर्न सफल भएको थियो ।
खेलको आठौं मिनेटमा नै ग्रेसले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् ।

खेलको १३औं मिनेटमा सन्धियाले गोल गर्दै भारतलाई २-० गोलको अग्रता दिलाएकी थिइन् । त्यस्तै, खेलको २२औं मिनेटमा इन्दुमाथीले गोल गर्दै भारतलाई ३-० गोलको अग्रता दिलाइन् ।

खेलको २७औं मिनेटमा सन्जुले गोल गर्दै भारतलाई ४-० गोलको अग्रता दिलाएकी थिइन् भने पहिलो हाफको अन्तिम समयमा रतनबाला देवीले गोल गर्दै पहिलो हाफसम्म भारतलाई ५-० गोलको अग्रता दिलाइन् ।

पहिलो हाफमा नै फराकिलो अग्रता बनाएको भारतले दोस्रो हाफमा पनि आक्रमक खेल खेलेको थियो । तर माल्दिभ्सले भने रक्षात्मक खेल खेल्यो । खेलको ९०औं मिनेटमा भारतका लागि सन्जुले गोल गर्दै ६-० गोलको जित दिलाएकी हुन् । एकपछि अर्को आक्रमक खेल खेलेको भारतले राम्रो मौका गुमाएको थियो ।

यता, माल्दिभ्सले भने भारतको पोष्टमा बल प्रहार गर्न पनि सकेन । प्रतियोगिताअन्तर्गत भोलि (बिहीबार) बंगलादेशले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment