Comments Add Comment

इलामको माइपोखरीमा आगलागीबाट ४ घर नष्ट

३० फागुन, इलाम । इलामको उत्तरी पर्यटकीय स्थल माइपोखरी नजिकैको बस्तीमा आगलागी हुँदा चार घर जलेका छन् ।

सन्दकपुर गाउँपालिका वडा नं. २ माइपोखरी अगाडि रहेका घरमा आगलागी भएको हो । चार घरमा आधा दर्जन होटल सञ्चालनमा थिए ।

आगलागीमा निमदोर्जे शेर्पा, कमल मुखिया, चक्र मुखिया र लाक्पा शेर्पाको घर जलेको हो । आगलागी भएको ४५ मिनेटमा चारै वटा घर जलेर नष्ट भएको स्थानीय युवराज पिसीले बताए । आगो नजिकैको जंगलमा फैलन सक्ने संभावना भएकाले सुरक्षाकर्मी र स्थानीयले रुख ढाल्ने र आगो निभाउने काम गरिरहेका छन् । आगो निभाउने र क्षतिको विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

चक्र मुखियाको भान्साबाट सल्किएको आगो अनियन्त्रित रुपमा फैलिएर पुरा वस्ती नै नष्ट भएको स्थानिय यामबहादुर मुखियाले बताए । सबै काठको घर भएकाले आगलागी तीब्र भएको थियो ।

आगलागी लगत्तै नेपाली सेना र स्थानियवासी मिलेर आएर घरभित्रका सर–सामान निकाल्ने प्रयास गरेका थिए । ‘केही सामान निकाल्न पाइयो’ स्थानीय यामबहादुर मुखियाले भने, ‘तर, धेरैजसो जल्यो ।’ इलाम नगरपालिकाबाट दमकल पठाइए पनि घरहरु जलिसकेपछि मात्र दमकल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment