+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

चलचित्र ‘अघोरी’को शुभमुहूर्त

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३० गते १५:४८

‘बिलभ्ड इन्टरटेन्मेन्ट’को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अघोरी’को शुभ मुहूर्त गरिएको छ ।

बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको छ । मुहूर्तमा मुख्य कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले चलचित्रका लागि पहिलो सट दिएका थिए ।

भोमन कटुवालको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई राधादेवी कटुवालले निर्माण गर्नेछन् । भोमनको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘झमकबहादुर’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएको थियो ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, लगायतको पनि मुख्य भूमिका रहनेछ । दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईको संगीत रहने चलचित्रमा राजु किरातको द्वन्द्व निर्देशन रहनेछ ।

चैत १ बाट औपचारिक छायांकन सुरु गरिने चलचित्रलाई पवन गौतमले खिच्नेछन् । झण्डै ३५ दिनको सुटिङ सेड्युल रहेको यस चलचित्रलाई काठमाडौं, मुस्ताङ, पूर्वी नेपालसँगै दुवईमा खिचिने छ ।

७० लाखको लागतमा निर्माण हुन लागेको यस चलचित्रले आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?