+
+
Shares

चलचित्र ‘अघोरी’को शुभमुहूर्त

अनलाइनखबर अनलाइनखबर
२०७५ फागुन ३० गते १५:४८

‘बिलभ्ड इन्टरटेन्मेन्ट’को व्यानरमा निर्माण हुन लागेको चलचित्र ‘अघोरी’को शुभ मुहूर्त गरिएको छ ।

बिहीबार काठमाडौंमा रहेको भद्रकाली मन्दिरमा स्क्रिप्ट पूजा गर्दै चलचित्रको शुभ मुहूर्त गरिएको छ । मुहूर्तमा मुख्य कलाकार प्रज्वल गिरी, उमेश खड्का र शारदा राज्यलक्ष्मीले चलचित्रका लागि पहिलो सट दिएका थिए ।

भोमन कटुवालको निर्देशनमा बन्न लागेको यस चलचित्रलाई राधादेवी कटुवालले निर्माण गर्नेछन् । भोमनको निर्देशनमा बनेको पछिल्लो चलचित्र ‘झमकबहादुर’ बक्स अफिसमा पूर्ण रुपमा असफल भएको थियो ।

एक्सन लभस्टोरी जनरामा निर्माण हुने चलचित्रमा मुनम मल्ल ठकुरी, उमेश खड्का, विन्दा तामाङ, लगायतको पनि मुख्य भूमिका रहनेछ । दीपक शर्मा, ओम सुनार, सरोज कोइराला र सुमन राईको संगीत रहने चलचित्रमा राजु किरातको द्वन्द्व निर्देशन रहनेछ ।

चैत १ बाट औपचारिक छायांकन सुरु गरिने चलचित्रलाई पवन गौतमले खिच्नेछन् । झण्डै ३५ दिनको सुटिङ सेड्युल रहेको यस चलचित्रलाई काठमाडौं, मुस्ताङ, पूर्वी नेपालसँगै दुवईमा खिचिने छ ।

७० लाखको लागतमा निर्माण हुन लागेको यस चलचित्रले आगामी कात्तिकको छठ पर्वलाई रिलिज लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?