+
+

शनिबार सिड्नीमा बहुसांस्कृतिक नेपाली कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते ११:३३

सिड्नी । पश्चिम सिड्नीमा नेपालीहरुको अगुवाइमा अस्ट्रेलियन बहुसांस्कृतिक कार्यक्रम हुने भएको छ । शनिबार दिनभर हुने यो कार्यक्रम आयोजना गर्न यहाको कम्बरल्याण्ड काउन्सिलले आर्थिक तथा नैतिक सहयोग गरेको छ । कार्यक्रमलाई सफल बनाउन यहाँको नेपाली समुदाय एक महिना अघिदेखि तयारीमा जुटेको थियो ।

नेपाली कला संस्कृति तथा साहित्य प्रतिष्ठा अस्ट्रेलियाको मुख्य अगुवाइमा हुने कार्यक्रममा नेपाली लगायत अस्ट्रेलियाका आदिवासी, ल्याटिन अमेरिकी तथा दक्षिण एसियाली अन्य मुलुकका कलाकारहरुले पनि आफ्नो सांस्कृतिक प्रस्तुति गर्ने आयोजकहरुले बताएका छन् ।

नेपाली कला संस्कृति तथा साहित्त्य प्रतिष्ठान अस्ट्रेलियाकि अध्यक्ष सुजाता केसीका अनुसार नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको सम्झनामा प्रत्यक बर्ष कार्यक्रम गरिने भए पनि यो वर्ष नेपाली बसन्त ऋतुको आगमनसंगै बहुसांस्कृतिक कार्यक्रम गर्न लागिएको हो । कार्यक्रममा विशेषगरी नेपाली बहुभाषिक तथा बहुजातीय पहिरन , नाचगान तथा संगीतको प्रस्तुति हुनेछ ।

पश्चिम सिड्नीको बाक्लो नेपाली बस्ती भएको ग्रान्भिल इलाकाको टाउनहलमा आयोजना हुने कार्यक्रममा सिड्नीका बिभिन्न अन्य भूभागहरुबाट झन्डै तीनसय नेपालीहरुको सहभागिता हुने कार्यक्रम संयोजक जानकी पौडेलले बताइन् ।

अस्ट्रेलियामा प्रकाशित प्रसारित हुने सबै नेपाली संचार माध्यमहरु तथा सामुदायिक नेताहरुका प्रोफाइलहरुबाट यो कार्यक्रमको ब्यापक प्रचार भएको छ ।

यहाँका झन्डै १६ वटा बस्तीहरुमा बीस हजार भन्दा बढी ग्राहक भएको अबन रिभ्यु पत्रिकाले गत मंगलबारको संस्करणमा ‘नेपाली बहुसांस्कृतिक मेला हुने’ भन्दै समाचार प्रकाशित गरेको थियो ।

उक्त पत्रिकाका अनुसार शनिबार बिहान ११स्३० देखि अपरान्ह ४स्३० सम्म हुने कार्यक्रममा नेपालीपनको बिहानी तथा दिवा भोजको निःशुल्क ब्यबस्था गरिएको छ ।

उक्त पत्रिकाले यो कार्यक्रमबाट सहभागी सबैले एकार्कामा परिचय स्थापित गर्नुकासाथै बहुसांस्क्रतिक समाजको सद्भावको बन्धन बलियो हुने आशा ब्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?