Comments Add Comment

जब निक पूर्व गर्लफ्रेन्डसँग च्याट गरिरहेका प्रियंकाले फेला पारिन्

अभिनेत्री प्रियंका चोपडा यतिबेला अमेरिकी गायक, संगीतकार निक जोनससँग दाम्पत्य सुख भोग गरिरहेकी छिन् । उनीहरु विन्दस मस्ती गरिरहेको चर्चा छ ।

प्रियंकाले आफुभन्दा १० बर्ष कान्छो निकसँग केही समयअघि जोडी बाँधेका हुन् । अहिले प्रियंका अमेरिकामा छिन् । विवाहपछि दाम्पत्य जीवनमा रमाइरहेकी उनी बेलाबखत भने चर्चामा आउने गर्छिन् । केही समयअघि उनीहरुको बेडरुम फोटो सेयर भएको थियो । अहिले अर्को कुराले उनलाई चर्चामा ल्याएको छ ।

खासमा निकले प्रियंकाअघि अमेरिकी पपस्टार माइली साइरससँग डेट गर्थे । हालै मात्र माइलीले निकको इन्स्टामा एक फोटो पठाए ।

यस फोटोमा माइली र उनकी सानी बहिनी देखिएका थिए । माइलीले जोनस ब्रदरको टिसर्ट लगाएकी थिइन् । यसपछि माइलीले निकको रिप्लाइसँगै स्क्रीनशट लिएर त्यो फोटो आफ्नो टाइमलाइनमा शेयर गरिदिइन् । माइलीले फोटो शेयर गर्दै क्याप्सनमा लेखिन्, ‘जब आफ्ना पूर्व ब्वाईफ्रेन्डलाई थाहा हुन्छ कि यो पुरानो फोटा हट छ ।’

यसमा निकको टिप्पणी यस्तो थियो, ‘यो तस्वीर एकदम हट छ ।’

पि्रंयंकाले पनि देखिन् कि उनका पति आफना पूर्व गर्लफ्रेन्डसँग च्याट गरिरहेका छन् । यसमा प्रियंकाको प्रतिक्रिया हेर्नलायक थियो । प्रियकाले माइलीको उक्त फोटोमा कमेन्ट गर्दै लेखिन्, ‘हाहाहा…..हबी सही छन् । यो फोटो वास्तवमै हट छ ।’

प्रियंकाको यो कमेन्टबाट के देखिन्छ भने, उनी एक वास्तवमै समझदार पत्नी हुन् । आफ्ना श्रीमान् पूर्व गर्लफ्रेन्डसँग रमाइलो गरिरहँदा उनी पनि त्यसमा मिसिएकी छिन् र थप रमाइलो गरेकी छिन् । भनिहालौं, प्रियंका र माइली पनि एकअर्काका साथी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment