+
+

भान्साको कुराः तौल घटाउन सैफको पानी

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १२:४४

खाना खाइसकेपछि हामीमध्ये कतिलाई सोफ चपाउने बानी हुन्छ । त्यसोले रेष्टुरेन्टमा सोफ राखिएको हुन्छ । खासमा सोफको प्रयोग खाना खाएपछि माउथ फ्रेशनरको रुपमा गरिन्छ । यसबाहेक, खानाको स्वाद बढाउन पनि भान्छाहरुमा सोफको प्रयोग हुने गर्छ । जबकी सोफले , खानाको स्वाद बढाउने मात्र नभएर उरक्रचाप नियन्त्रण गर्न देखि वजन कम गर्न पनि मद्दत गर्छ ।

तातो पानीमा सोफलाई रातभर भिजाएर विहान सेवन गरेमा तौल कम हुन्छ । यसलाई नियमित सेवन गरेमा तौल कम हुनुका साथै शरीरको विषाक्तता समेत हटेर जान्छ ।

सोफमा पोटासियम, एन्टीअक्सिडेन्ट, आयरन लगायतका पोषक तत्व हुन्छ जसल शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । यसबाहेक पनि हेर्दा जिरा जस्तो देखिने हरियो रङ्गको सोफको अन्य धेरै फाइदा छन्, जुन यस प्रकार छः

भोक कम गर्छ

सोफको पानीमा डायटरी फाइबर हुन्छ, जसले भोक कम गर्न मद्दत गर्छ । यसका साथै यसमा रहेको एन्टी स्पाज्मोडिक इफेक्टले पेटको मांसपेशीलाई आराम दिलाउँछ, जसले गर्दा भोक कम लाग्छ । र, वजन कम गर्न मद्दत गर्छ ।

शरीरबाट विषाक्तता हटाउँछ

सोफको पानीमा एन्टीअक्सिडेन्ट तत्व हुन्छ, जसले शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।  जब शरीरबाट विषाक्तता बाहिर निस्कन्छ तब शरीरमा जमेर रहेको बोसो समेत कम हुन्छ । र, वजन तिव्र गतिमा कम हुन्छ ।

प्रतिरोधी क्षमता बढाउँछ

सोफको पानीले मेटोबोलिक रेट बुस्ट गर्न मद्दत गर्छ । परिणामस्वरु, शरीरको अतिरिक्त फ्याट वर्न हुन्छ । शरीरमा रहेको क्यालोरी र फ्याटले इनर्जी सरह कम गर्छ जसले वजन कम गर्न समेत सहायता प्रदान गर्छ । त्यसोले, बिहान उठ्ने वित्तिकै सोफको पानी सेवन गर्नुपर्छ ।

आँखा तेजिलो बनाउँछ

एक मुठ्ठी सोफको सेवनले आँखामा चमत्कारी लाभ देखाउँछ । सोफमा भिटामिन ए हुन्छ, जसले आँखालाई तेजिलो बनाउनुका साथै आँखा सम्बन्धि समस्या हुनबाट जोगाउँछ । प्राचीन कालमा सोफको पत्तालाई ग्लूकोमा नामक आँखा सम्बन्धि समस्या कम गर्न प्रयोग गरिन्थ्यो ।

छालाको विकार हटाउँछ

नियमित रुपमा सोफको सेवनले शरीरमा जिन्क, क्याल्सियम तथा सेलेनियम लगायतका तत्व प्राप्त हुन्छ । यस्ता तत्वले हर्मोनलाई नियन्त्रित गर्नुका साथै शरीरमा अक्सिजनको सन्तुलन कायम राख्न मद्दत गर्छ । जब यसलाई खाइन्छ, तब यसमा रहेको कुलिङ्ग क्षमताले छालालाई स्वस्थ राख्न मद्दत गर्छ ।

क्यान्सरको जोखिम कम गर्छ

सोफले क्यान्सर रोगको जोखिम कम गर्न समेत मद्दत गर्छ । यसमा रहेको फि्र रेडिकल्सले छालाको तनाव कम गरी विभिन्न किमिको छालाको क्यान्सर, पेट तथा स्तनको क्यान्सर हुनबाट बचाउँछ ।  यसमा केमोको इफेक्ट पनि पाइन्छ ।

त्यसोले, आयुर्वेदमा सोफलाई महत्वपूर्ण मानिएको छ । यसको प्रयोग भान्छाका साथै विभिन्न किसिमका औषधी बनाउनमा समेत प्रयोग हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?