Comments Add Comment

एसइई परीक्षा : चिट रोक्न विद्यार्थीको खानतलासी !

Photo Credit : फाइल तस्वीर

१ चैत, जनकपुरधाम । एसइई परीक्षामा चिट रोक्न विद्यार्थीहरुको खानतलासी लिइने भएको छ ।

प्रदेश २ को माध्यमिक शिक्षा परीक्षा संचालन समितिको शुक्रबार बिहान बसेको बैठकले परीक्षा हलको बाहिरी हातामा सुरक्षाकर्मीबाहेक अरुलाई बस्न नदिन समेत निर्देशन दिएको छ ।

विगतका विद्यार्थीहरुले चिट चोर्ने, बाहिरबाट धेरै मानिसहरु गएर चिट चोराउने तथा होहल्ला गर्ने गरेका कारण यस्तो निर्णय गरिएको समितिका संयोजक दीपक सुवेदीले जानकारी दिए ।

उनका अनुसार परीक्षालाई पूर्ण मर्यादित बनाउन परीक्षा केन्द्रमा विद्यार्थी प्रवेश गर्दा निषेधित सामग्रीहरु लैजानबाट रोक्ने निर्णय भएको छ । यसका लागि परीक्षा हलमा प्रवेश गर्नु अघि नै छात्राका लागि महिला शिक्षक र छात्रका लागि पुरुष शिक्षकहरुले सुरक्षाकर्मीको रोहवरमा अलगअलग लाइनमा खानतलासी गर्ने निर्णय गरिएको छ ।

परीक्षा हलभित्र वा हातामा विद्यार्थीहरु, परीक्षाको सञ्चालन गर्न तोकिएका व्यक्ति र सम्वन्धित ब्यक्ति बाहेक प्रवेशका निशेध गर्ने र परीक्षामा संलग्न वा अन्य जोसुकैले पनि मर्यादा विपरितका गतिविधि गरे तत्काल कारवाही गरिने निर्णय पनि गरिएको छ ।

नियमित कक्षा संचालन गर्न निर्देशन

यसअघि एसईईको परीक्षामा परीक्षा अवधीमा अन्य विद्यालयहरु बन्द गर्ने गरिएको थियो । तर, यस पटक परीक्षा संचालन हुने बाहेक अन्य विद्यालयमा नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिइएको प्रदेशको शिक्षा विकास निर्देशनालयका निर्देशक रमाकान्त शर्माले जानकारी दिए ।

परीक्षामा खटाइएका शिक्षक बाहेक अन्य शिक्षकले नियमित कक्षा सञ्चालन गर्न, परीक्षा सञ्चालन हुने विद्यालयमा पनि सम्भव भएमा परीक्षापछि कक्षा सञ्चालन गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment