Comments Add Comment

जनताको जलविद्युत् कार्यक्रम : आईपीओ बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने

१ चैत, काठमाडौं । ‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को सेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण सेयर (आईपीओ) बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ ।

नेपाल धितोपत्र बोर्डले एक विज्ञप्ति जारी गरी सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको जनाएको छ ।

उक्त कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको हो ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अगि्रम सेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसकेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रकमको पहिलो शेयर आफूले खरीद गर्ने यसअघि नै सार्वजनिक गरेका छन् । सरकारले नागरिकबाट नै लगानी जुटाएर करीब तीन हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने घोषणा गरेको छ ।

त्यस्ता आयोजनाको स्वपूँजीमध्ये ४९ प्रतिशत रकम सेयरमार्फत उठाउने र अगि्रमरुपमा लिएको सेयर बराबरको रकमकोसमेत ब्याज दिने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment