
‘मह संचार’को व्यानरमा निर्माण भएको चलचित्र ‘दाल भात तरकारी’को दोस्रो गीत रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजन गर्दै चलचित्रको शीर्ष गीत रिलिज गरिएको हो ।
सार्वजनिक ‘दाल भात तरकारी’ बोलको गीतमा शम्भुजीत बस्कोटाको संगीत रहेको छ । हरिवंश आचार्यले लेखेको उक्त गीतमा राजेश पायल राई र स्मिता दाहालकको स्वर रहेको छ ।
प्रविण सिंहको करियोग्राफी रहेको उक्त गीतमा चलचित्रका मुख्य कलाकार हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का र आँचल शर्मा फिचरिङ छन् । भिडियोमा पुष्प र आँचलले निकै राम्रो नृत्य गरेका छन् । रमाइलो तरिकामा प्रस्तुत गरिएको भिडियोमा हरिवंश र निरुता सेफ बनेका छन् ।
सुदन केसीको निर्देशनमा बनेको यस चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् । वैशाख २० गतेबाट रिलिज हुने यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, पि्रयंका कार्की, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुसाललगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया 4