+
+
Shares

‘ए मेरो हजुर ३’ को गीतमा अनमोल र सुहानाको गज्जब केमेष्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १ गते १४:२६

प्रतिक्षित चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो गीत ‘जिन्दगी नै भन्दिन’ शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

गीतको भिडियोमा युवा स्टार अनमोल केसी र डेब्यु नायिका सुहाना थापा फिचरिङ छन् । भिडियोमा अनमोल र सुहानाको केमेष्ट्री गज्जबको देखिएको छ ।

एकनारायण भण्डारीको शब्द तथा आशिष अविरलको संगीत रहेको गीतमा सुगम पोखरेल र प्रविशा अधिकारीले स्वर दिएका छिन् ।

चैत्र २९ गते प्रदर्शन मिति तोकिएको यस चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् । ‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा सुनीलकुमार थापाको लगानी रहेको छ । सञ्जय लामाले खिचेको चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका छन् ।

झरना थापा र सुमन पौडेलको कथा रहेको चलचित्रको पटकथा छेतेन गुरुङ, बाबुराम दाहाल, सुमन पौडेल र प्रतीक पौडेलले तयार गरेका हुन् । चलचित्रमा अनमोल र सुहानासँगै सलोन बस्नेत, रवीन्द्र झा, रुपा घिसिङ, रेअर राईलगायतको मुख्य भूमिका रहेको छ ।

हेर्नुहोस् भिडियो : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?