+
+
Shares

कैलालीको सडकमा शव फेला

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २ गते ९:२५
Photo Credit : दीपक उपाध्याय

२ चैत, धनगढी । कैलालीको अत्तरियामा एक जनाको शव फेला परेको छ ।

गोदावरी नगरपालिका ४ खैराना गाउँ जाने बाटोको पुल नजिकै शनिबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

शवको प्रकृति हेर्दा कसैले हत्या गरेर त्यहाँ फालेको हुन सक्ने जनाइएको छ ।

घोप्टो परेको अवस्थामा फेला परेको शवको पहिचान हुन नसकेको र अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक आभुषण तिल्सिनाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?