+
+
Shares

विप्लवलाई देउवाको आग्रह- हिंसा छाडेर वार्तामा आऊ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २ गते १०:४२

२ चैत, पाल्पा । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् ।

प्रेस युनियन पाल्पा शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विप्लवलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने बताए ।

नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने पक्षमा नेपाली कांग्रेस हो ?  भन्ने सञ्चारकर्मीकोे प्रश्नमा देउवाले संविधानमा जे व्यवस्था छ त्यसैलाई कांग्रेसले मान्ने बताए ।

उनले कांग्रेस पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शशांक कोइरालाले पनि हिन्दु राष्ट्रका पक्षमा बोलेर केही नहुने बताए ।

सभापति देउवाले प्रेस माथिको अंकुश लगाउने कार्य सहन नसकिने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?