
४ चैत, काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) लिमिटेडको १६औं वाषिर्क साधारण सभा सोमबार काठमाण्डौमा सम्पन्न भएको छ ।
साधारण सभाले आर्थिक वर्ष २०७३/०७४ को वासलात र आयव्यय विवरणलाई अनुमोदन गर्दै कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १२०० वोनस शेयर र कर प्रयोजनार्थ ०.६३०० नगद लाभांश दिने निर्णय गरेको छ ।
आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले १ लाख ७८ हजार ५ सय ११ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत रु. २६३ करोड ३५ लाख संकलन गर्न सफल भएको छ ।
०७४ आषाढ मसान्तसम्ममा कूल चालु बीमालेखको संख्या ७,२०,४५० र कूल जीवन बीमा कोषमा रु. ३,३५५ करोड संकलन भएको कम्पनीले जनाएको छ ।
आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीको कूल जीवन बीमा कोषमा २६.७१०० प्रथम बीमाशूल्क आर्जनमा १६.२६००, बीमालेख बिक्रीमा २१.६७००, लगानीतर्फ ३०.४०००, लगानीबाट प्राप्त आम्दानीमा ४५.४३∞ को वृद्धिदर रहेको थियो ।
कम्पनीका अध्यक्ष हेमन्त भार्गवले सवै सेयरधनीहरुलाई सुझावका लागि धन्यवाद दिए । उनले एलआईसी नेपालको १७औं -आव २०७४/७५) वाषिर्क साधारण सभा पनि छिटै गर्ने बताए ।
चालु आर्थिक वर्ष २०७५/०७६ को पौष मसान्तसम्ममा कूल वीमाशुल्क आर्जन रु. ५८१.१३ करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा रु. ४,८६८.७० करोड जम्मा रहेको समेत उनले जानकारी गराए ।
जीवन बीमाको माध्यमबाट देशकोे आर्थिक एवं सामाजिक विकासमा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै उनले यस बीमकलाई सदैव एक उदाहरणीय जीवन बीमा कम्पनी कायम राखिरहने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया 4