+
+

प्रदेश २ सरकारले उद्योग स्थापना गर्नेलाई २० वर्ष कर नलिने

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत ४ गते १८:२९
४ चैत, महोत्तरी । प्रदेश २ मा नयाँ उद्योगलाई आकर्षित गर्न प्रदेश सरकारले ठूलो उपहार दिने भएको छ । मन्त्रिपरिषदको
सोमबार सम्पन्न बैठकले प्रदेश २ मा नयाँ उद्योग स्थापना गर्नेलाई २० वर्षसम्म कर नलिने निर्णय गरेको हो ।
त्यसैगरी प्रदेश सरकारले उद्योग स्थापनाको लागि निशुल्क जग्गा उपलब्ध गराउनुका साथै उद्योगको सुरक्षाको पूर्ण ग्यारेन्टी दिन उद्योग सुरक्षा बल समेत गठन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी हालको उद्योग दर्ता प्रक्रियालाई सजिलो बनाउँदै ३ घण्टाभित्रै दर्ता गरिने प्रक्रिया समेत मिलाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसका अतिरिक्त सहुलियतदरमा  विजुली उपलब्ध गराउन समेत पहल गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?