
८ चैत, कैलाली । बैतडीका हर्कबहादुर भण्डारीको हत्यामा संलग्नको आरोपम दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको गोदावरी नगरपालिका ४ स्थित सडकमा हत्या गरी फालिएका दशरथ चन्द नगरपालिकाका भण्डारीको हत्यामा संलग्नको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।
प्रहरीले २४ वर्षीय धिरज भनिने पुन्टु भाट र २३ वर्षीय गोविन्द आउजी रहेको प्रहरीले जनाएको छ ।
बैतडीको दशरथचन्द नगरपालिका बस्कोटका स्थायी बासिन्दा भाट हाल कञ्चनपुरको देखतभुली—४ ढक्का शिविरमा बस्दै आएका थिए । आउजी गोदावरी नपा—६ लालपुरका स्थायी बासिन्दा हुन् ।
भण्डारीको पैसा लुटपाट गर्ने क्रममा हत्या गरेको उनीहरुले बयान दिएको प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए ।
अघिल्लो दिन मारेर मारेर फालेका भण्डारीको शव चिनिने डरले दोस्रो दिन अनुहार क्षतविक्षत बनाएको समेत उनीहरुले बताएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4