
१० चैत, सिरहा । जिल्लाको छुट्टाछुट्टै स्थानमा शनिबार भएको आगलागीमा २ बालिकासहित ३ जनाको जलेर ज्यान गएको छ ।
जिल्लाको धनगढीमाई नगरपालिका–१४ मा आगलागीमा हुँदा दुई बालिकाको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आगलागीमा दीपक धमलाकी ६ वर्षीया छोरी दीक्षा धमला र नित पोखरेलकी ७ वर्षीया छोरी रीता पोखरेलको जलेर ज्यान गएको हो ।
गोठमा खेल्दै गरेको बेला बालिएको घुरबाट आगो सल्केको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरमा कोही नभएका बेला लागेको आगोको भेउ नपाउँदा दुवै बालिका त्यही जलेको प्रहरीले जनाएको छ ।
त्यस्तै, जिल्लाकै कल्याणपुर नगरपालिका–७ स्थित घरमा सुतिरहेकै अवस्थामा आगलागी हुँदा ६५ वर्षीया वनारसीदेवी सदाको जलेर मृत्यु भएको छ ।
सदाको घरमा एक्कासि आगो लाग्दा उनीसहित घर जलेको छ । जसबाट १ लाखभन्दा बढीको धनसम्पत्ति जलेर नष्ट भएको छ । प्रहरीले आगलागीको कारण नखुलेको र यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया 4