+
+

सडक बन्द गरेपछि बिरामीलाई सडकमै स्लाइन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १० गते १३:३१

१० चैत, कैलाली । धनगढी—अत्तरिया सडकखण्ड अबरुद्ध भएपछि बिरामी र सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

धनगढी उपमहानगरपालिका—३ मा रहेको रिचमण्ड फेलोसिप पुनर्स्थापना गृहका स्टोर किपर २९ वर्षका जनक ढुंगालको तीन दिनअघि मृत्यु भएपछि दोषीलाई कारबाहीको माग गर्दै मृतकका आफन्तले सडक अवरुद्ध गरेका हुन् । सडक अवरुद्ध हुँदा बिरामी र सर्वसाधारणहरु मर्कामा परेका हुन् ।

सवारी साधन चल्न नदिएपछि एक जना बिरामी महिला स्लाइनसहित सडकमै पल्टिएकी छन् ।

धनगढी भएर सुदूरपश्चिमका पहाडी जिल्ला र कञ्चनपुरका लागि छुट्ने यातायातका साधनसमेत बन्दका कारण प्रभावित भएका छन् ।

बन्दका कारण यात्रुहरु धनगढीमा अलपत्र परेका छन् । धनगढीबाट गेटा बिमानस्थलसम्म पनि जान कठिनाइ भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिम्सिनासंगको छलफलमा बिहान केही बेर मृतकका आफन्त सडकको अबरोध हटाउन सहमत भए पनि उनीहरुले उपरीक्षक तिम्सिना फर्केलगत्तै पुनः बन्द गरेका हुन् ।

मृतकका आफन्तहरुले बन्द र बार्ता संगसंगै गर्ने अडान लिएका छन् । उनीहरुले ढुंगालको मृत्यु शंकास्पद रहेको भन्दै पुनर्स्थापना केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिई कारबाही गर्नुपर्ने अडान राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?