
१२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका तत्कालिन आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीविरुद्ध ७८ लाख विगो दावीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।
पाठकले अख्तियारको आयुक्त हुँदा विचाराधीन भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको विवाद मिलाइदिन्छु भनी अध्यक्ष लम्बोदर न्याौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले न्यौपानेले पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको कुरा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरुबाट समेत पुष्टि भएको बताएको छ ।
अख्तियारले यही घुस प्रकरणमा जोडिएका राजनारायण पाठकका भाइ शुभनारायण पाठकले लिएको १५ लाख रुपैयाँ नेपाल इन्जिनियरिङ कलेजसंग सम्बन्धित नरहेकोले त्यस विषयमा छुट्टै अनुसन्धान गर्ने निर्णय गरेको जनाएको छ ।
प्रतिक्रिया 4