Comments Add Comment

‘बर्गर’ दुई हजार बर्ष पुरानो खान्कीः कसरी बनेको थियो ?

‘बर्गर’ आधुनिक जीवनशैलीमा फास्टफुडको यस्तो पर्याय बनेको छ, जो खासगरी युवापुस्ताको रोजाइमा पर्न थालेको छ ।

घतलाग्दो त के भने, बर्गरको इतिहास दुई हजार वर्ष पुरानो छ ।  यसलाई मंगोलियनहरुले समेत खाने गर्थे । त्यो कुन देश थियो जहाँ सबैभन्दा पहिले बर्गरसँग मिल्दोजुल्दो पकवान बनेको थियो । यस पछि क्रमश बर्गर तवाईको मुखको स्वाद बन्न पुग्यो ?

डेविड माइकल्सको किताब ‘द वल्ड इज योर वर्गर’ मा बर्गरको सांस्कृतिक इतिहास बताइएको छ । यस किताबमा भनिएको छ, कसरी खाना  विचारको रुपमा बर्गरको विकास भयो । ‘बर्गर सबैभन्दा पहिले रोममा पहिलो शताब्दीमा बनाइएको थियो । यो ‘आईसिसिया ओमेन्टेटा’ व्यञ्जनको रुपमा तयार हुने गर्थ्यो । ‘आइसिसिया ओमेटेन्टा नै ह्याम बर्गरसित मिल्दोजुल्दो पकवान थियो । यो किमा, मरिच, बदाम तथा वाइनको साथमा माछाको ससमा तयार पारिन्थ्यो ।

मंगोलियन पनि खाने गर्थे  ‘बर्गर’

-आधुनिक बर्गरको सम्बन्ध १३ औ शताब्दी पूर्व मंगोलसित पनि रह्यो ।

-दिनभर घोडसवारी पश्चात्त जब उनीहरु सुस्ताउँथे,तब मासुको टुक्राबाट बनेको खाना खान्थे ।

-१३ औं तथा १४ औं शताब्दीमा मंगोल एक विशाल साम्राज्य थियो ।

-यस साम्राज्यको आरम्भ चंगेज खानले गरेका थिए, र मंगोलले यूरेशिकाको धेरैजसो भाग जिते ।

कसरी पुग्यो लण्डन ?

सन् १७४७ मा बर्गर लण्डन पुग्यो । लण्डन पुगेर यो ह्याम बर्गर बन्यो । पकाउने विधि प्राचीन नै रह्यो । केही सामाग्री मात्र बढ्यो ।

‘ह्यामबर्गर’ ससेजलाई मासु, मरिच, ल्यांग , जाइफल, लसुन, तथा रेड वाइन तथा रममा बनाइन थाल्यो ।

यसलाई टोस्टको लागि सर्भ गरिन थाल्यो ।

सन् १८०२ मा अक्सफोर्ड इंग्लिश डिस्नरीमा ह्यामबर्गको अर्थ लेखियो । ह्याम बर्गको व्याख्यामा यस्तो खानेकुराको रुपमा लेखियो जसमा मासुको साथमा प्याज तथा अन्य साम्रगी मिसाइयो ।

सन् १८४५ मा आधुनिक बर्गर भर्जिनिया पुग्यो । जी. एप कफम्यानले ससेज मीट काट्ने मेशिन बनाए । यसमा पनि यो पकवानमा मासुको साथ अन्य मसला मिसाइन थाल्यो ।

सन् १८८५ मा स्याण्डविचबाट तयार पारियो पहिलो बर्गर

-१८८५ मा द मेचेस ब्रदर्सले न्युर्योकको एरी काउन्टी मेलामा सबैभन्दा पहिले बर्गर बेचे । द मेचेस ब्रदर्सले स्याण्डविचमा संगुरको  मासुबाट बर्गर बनाए र यसलाई बेचे । सन् १८८५ मा यस पकवानको नाम ह्याम बर्गर राखियो । रोमबाट सुरु भएको यो पकवान अमेरिकाको विस्कान्सिनमा ह्यामबर्गर भयो । चार्ली नागरीनले उपभोक्ताहरुलाई पहिलो ह्यामबर्गर बेचे ।

यसलाई ब्रेडको टुक्राको बीचमा मासु र ससेजका साथ दिइन थालियो । सन् १८९१ मा अस्कर बेबर विल्बीले आˆनो पत्नी फेनीको साथमा रोटीको साथमा मासुको भुटेको टुक्रा तथा ससको साथ बर्गर बेच्न सुरु गरे । १९०० मा युनाइटेड स्ट्ट्स अफ लाइबेरी अफ कंग्रेसले क्यालिफोर्नियाको उत्तरपूर्वी भागमा रहेको लसेन देशलाई पहिलो ह्याम बर्गर बनाउने श्रेय दियो ।

सन् १९२५ मा पहिलो पटक ह्यामबर्गरमा मख्खन हाल्ने प्रचलन सुरु भयो । लियोनेल स्टर्नबर्गरले पहिलो चीज बर्गर बनाए । सन् १९३१ मा फ्लेचर स्टुडियोले ह्यामबर्गर खाने कमिक चरित्र बनाए ।

यस चरित्रको नाम जे बेलिंगटन विम्पी थियो । पछि रेष्टुरेन्टको नाम नै यस चरित्रमा राखियो ।

सन् १९४८ मा मेकडोनल्डवाला बर्गर बनाइयो । सन् १९४८ मा क्यालिफोर्नियाको सेन बर्नार्डिनोले म्याकडोनल्डको बर्गर बनाए । मेकडोनल्डका भाईहरुले ह्याम बर्गर बनाए र यो विश्वको सबैभन्दा ठूलो फास्टफूडको चेन बन्यो । सन् १९५४ मा फ्लोरिडाको मायामीमा ‘बर्गर किंग’ रेष्टुरन्टको स्थापना भयो ।

पछि मेकडोनल्डलाई चुनौती दिनका लागि यसको स्थापना गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment