
१४ चैत, काठमाडौं । भारतीय विदेश सचिव विजय गोख्लेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
भारतीय विदेश सचिव गोख्ले नेपाली समकक्षी सचिव शंकरदास बैरागीसँग भारत-नेपाल सम्बन्धका सबै पक्षमा विचारविमर्श गर्न बिहीबार नै काठमाडौं आएका हुन् । उनले बिहीबार नै बालुवाटारमा पुगेर प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका छन् ।
त्यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भेटेका थिए । भेटमा आपसी हितका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
Foreign Secretary of India H.E. Shri Vijay Gokhale paid courtesy call on Minister for Foreign Affairs Hon. Mr. Pradeep Kumar Gyawali at Singh Durbar today. During the call on, matters of mutual interests were discussed. @PradeepgyawaliK @bairagi_shanker @PaudyalBR pic.twitter.com/JUxDdTLqcP
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) March 28, 2019
प्रतिक्रिया 4