+
+
Shares

सत्य निरुपण आयोगका पदाधिकारी चयन गर्न सिफारिस समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १६:२६

१४ चैत, काठमाडौं । वेपत्ता छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी नियुक्त गर्न सरकारले सिफारिस समिति बनाएको छ ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको हो ।

जसको सदस्यहरुमा वरिष्ठ अधिवक्ता रामनाथ मैनाली, प्रेमबहादुर खड्का र शर्मिला कार्की रहेका छन् । त्यस्तै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेका एक जना सदस्य पनि सिफारिस समिति सदस्य रहनेछन् ।

सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगका पदाधिकारी चैतदेखि पदमुक्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?