
१४ चैत, काठमाडौं । अपांग (ह्वीलचियर) मैत्री सडक तथा फुटपाथ संघर्ष समितिले बिहीबार बिहान जोरपाटीमा बन्दै गरेको फुटपाथ अपांगमैत्री नभएको भन्दै भत्काइदिएको छ ।
ह्वीलचियरमा आएका समितिका सदस्यहरुले बन्दै गरेको सडक र फुटपाथमा ह्वीलचियर गुडाउन नमिल्ने भएकाले पीक र हतौडाले हिर्काएर भत्काइदिएका हुन् ।
उनीहरुले सडक विभागलाई पटकपटक अपांग मैत्री सडक बनाउनका लागि आग्रह गरेको पत्र देखाउँदै त्यसलाई कार्यान्वयन गर्नुपर्ने माग गरेका थिए । चुच्चेपाटी–नारायणटार सडकखण्ड अपाङ्गता भएका व्यक्ति ओहोरदोहोर गर्ने प्रमुख बाटो हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4