+
+
Shares

टिसीएलको ‘लकरमा भयंकर’ अफर

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १४ गते १९:१६

१४ चैत, काठमाडाैं । टिसीएलले नयाँ वर्ष २०७६ लाई लक्षित गरि क्यास व्याक तथा ‘लकरमा भयंकर अफर’ ल्याएको छ ।

यस वर्ष टिसीएल ब्रान्डले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहक माझ आफ्ना घरायसी सामाग्रीहरुमा २५% सम्मको क्यास व्याक प्रदान गर्ने भएको छ । यस वर्ष थप प्रिथक उपहार आयोजना पनि ल्याएको छ । जसलाई लकरमा भयंकर नामले जनाएको छ ।

–४० ईन्च भन्दा माथिको स्मार्ट टिभी खरिद गर्नु पर्नेछ । उक्त खरिद पश्चात ग्राहकहरुले एउटा स्क्र्याच कार्ड प्राप्त गर्नेछन् । ग्राहकले स्क्र्याच कार्डमा गिफ्ट अथवा कि पाउनेछन् ।

कि पाउने विजेताले स्क्र्याच कार्ड सुरक्षित राख्नुपर्नेछ र अन्त्यमा एक कार्यक्रम आयोजना गरि लकरमा भएको भयंकर उपहार प्राप्त गर्न सकिनेछ ।

यो योजना चैत्र १५ देखि नेपालअधिराज्य भर सिमित अवधिका लागी प्रदान गरिने कम्पनीले जनाएको छ । नेपालको लागी टिसीएल ब्रान्डको आधिकारिक विक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्स हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?