Comments Add Comment

गगन थापाको फोटो राख्दै अमेरिकी दूतावासले लेख्यो : हेर्नुस त कक्षामा को छ ?

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगन थापा अहिले अमेरिकामा छन् । उनी कुनै राजनीतिक प्रयोजनले नभएर पढ्न गएका हुन् ।

राजनीतिमा छिटोछिटो प्रगति हासिल गरेका र मन्त्री भइसकेका युवा नेताको पढ्ने भोक अझै मरेको रहेनछ । त्यसैले उनी यतिबेला अमेरिकाको हावर्ड विश्वविद्यालयस्थित हार्वर्ड केनेडी स्कुलमा छोटो अवधिको ‘एक्काइसौं शताब्दीको लागि विश्वव्यापी नेतृत्व र सांर्वजनिक प्राशसन’ शीषकको कोर्स गरिरहेका छन् ।

नेपालस्थित अमेरिकी दूतावासले उनको पढाईको विषयमा औपचारिक जानकारी दिएको छ । दूतावासले आफ्नो फेसबुक पेजमा गगनले कक्षामा बसेर पढिरहेको फोटो हाल्दै नेपालीमै लेखेको छ, ‘हेर्नुस् त कक्षामा को छ ? उहाँ भन्नुहुन्छ मलाई युवा रहिरहनु छ र सिकाई एक यस्तो विषय हो जसले युवा रहन सहयोग गर्छ । सिकाई तथा कक्षामा फर्कन पाउँदा मैले आफूलाई अत्यन्तै युवा महसुस गरिरहेको छु । एकदम रमाइलो लागेको छ । वी वीस हिम एन ए प्लस टाइम । हामी उहाँलाई रमाइलो सिकाईको कामना गर्छौंं ।’

गगन पहिलेदेखि नै पढाईमा अब्बल रहँदै आएका छन् । कलेज लाइफदेखि पूर्णकालिन राजनीतिमा लागेर पनि उनले आफ्नो अध्ययनलाई निरन्तरता दिन सफल भए ।

सिद्धार्थ बनस्थली स्कुल बालाजुबाट उच्च अंकसहित एसएलसी पास गरेका गगनले त्रिचन्द्र कलेजमा आईएस्सी र बीएस्सी पास गरेका थिए । त्यसपछि फ्याकल्टी परिवर्तन गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट मानवशास्त्र–समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । पीएचडी गर्ने उनको धोको भने राजनीतिले गर्दा पूरा हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment