+
+

अपहरणको नाटक गरी फिराैती रकम माग्ने पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत १७ गते १३:०१

१७ चैत, काठमाडौं । अपहरणमा परेको नाटक गरी आफ्नै परिवारसँग फिरौती रकम माग गर्ने एकजनालाई प्रहरीले पक्रेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले दार्चुला नौगाड गाउँपालिका-६ का २६ वर्षीय  जयभानसिंह धामीलाई शनिबार काठमाडौंको चावहितबाट पक्राउ गरेको हो ।

जयभानसिंह अपहरणमा परेको र अपहरणकारीले २३ लाख फिरौती मागेको सूचना महानगरीय अपराध महाशाखामा आएको थियो । तर, पक्राउ गरी सोधपुछ गर्दा जयभानसिंह आफैले लेनदेनको कारणले अपहरणमा परेको भनी परिवारसँग फिरौती रकम मागेको खुलेको प्रहरीले बताएको छ ।

घटनाको थप अनुसन्धान सुरु गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?