
Photo Credit : आँधी-हुरीले भत्काएका घरहरू । अनलाइनखबर
१८ चैत, काठमाडौं । नेपाल स्काउटले बारा र पर्साका आँधी-हुरी पीडित जनतालाई तत्काल राहत प्रदान गर्ने भएको छ ।
नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले सोमबार विज्ञप्ति जारी गरी सम्बन्धित जिल्ला स्काउट कार्यालयहरुलाई उद्दार, राहत तथा स्वयंसेवक परिचालनमा समन्वय गर्न निर्देशन दिइएको जनाएका छन् ।
नेपाल स्काउटका विपद् व्यवस्थापन तालिम प्राप्त सम्पूर्ण स्काउट र रोभर रेन्जर स्काउटका साथै सबै स्वयंसेवीहरु उद्दार तथा राहतलगायतका अत्यावश्यक कार्यक्रमा परिचालित भएको भण्डारीले जनाएका छन् ।
नेपाल स्काउटले भूकम्पको बेला पनि ठूलो मात्रामा राहत वितरणका साथै उद्दार कार्यमा सहभागिता जनाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4