Comments Add Comment

मर्स्याङदी-काठमाडौं २२० केभिए प्रशारण लाइनको गोरखातर्फको काम करिब सकियो

२० चैत्र, गोरखा । मर्स्याङदी-काठमाडौं २२० केभिए प्रशारण लाइन आयोजनाको गोरखातर्फ ९० प्रतिशत काम सम्पन्न भएको छ ।

हाइटेन्सन टावर राख्ने काम सम्पन्न भएर तार तान्ने काम भइरहेको आयोजनाका इन्जिनियर सिताराम अधिकारीले बताए । ‘कुल २३१ हाइटेन्सन टावर मध्य ६६ वटा गोरखामा रहन्छ,’ उनले भने, ‘टावर राख्ने काम लगभग सकिएको छ ।’ करिब ३० किलो मिटर मध्य ७ किलोमिटर दूरीमा तार तान्ने काम सम्पन्न भइसकेको उनले जानकारी दिए ।

साविकको देउराली, मनकामना र घ्याल्चोक गाविस क्षेत्रमा टावर राखिएका छन् । टावर राख्नका लागि अतिक्रमण गरिएको जग्गाको मुआब्जासमेत वितरण भइसकेको अधिकारीले बताए ।
तार टागिएका ठाउँमा तारमुनि परेका जग्गाहरुलाई क्षतिपूर्ति दिने तयारीसमेत भइरहेको उनको भनाइ छ । ‘सूचना प्रकाशित भइसक्यो अब केही दिनमा क्षतिपूर्ति रकम वितरण गर्छौ,’ उनले भने ।
गोरखासहित अन्य चार जिल्ला हुँदै बिद्युत काठमाडौं पुर्‍याइने अधिकारीले बताए । ‘तनहुँ, गोरखा, चितवन, धादिङ, हुँदै काठमाडौं पुर्‍याउने हो, त्यही अनुसार यी जिल्लाहरुमा टावर राखेर तार तान्ने काम भइरहेको छ,’ उनले भने ।

मस्र्याङदी बेसिनमा उत्पादन हुने सबै विद्युत तनहुँको मार्किचोक सबस्टेशनमा जम्मा गरेर काठमाडौं पठाउने उनको बताए । त्यसका लागि तनहुँको मार्किचोक र काठमाडौंको मातातीर्थमा सबस्टेशन निर्माणको काम भइरहेको छ । कुल दुई अर्ब १० करोडको लागतमा सबस्टेशन निर्माण भइरहेको अधिकारीले बताए ।

मस्र्याङदी बेसिनबाट उत्पादन हुने विद्युतलाई एकीकृत गरी काठमाडौं सप्लाई गर्नका लागि नेपाल विद्युत प्राधिकरणले उक्त आयोजना निर्माण गरिरहेको छ ।

अहिलेसम्म देशभर रहेको १३२ केभिए लाइनको संजाललाई अभिवृद्धि गरी २२० केभिए संजाल फैलाउने उदेश्यले आयोजना निर्माण गरिएको इन्जिनियर अधिकारीले बताए । ‘पश्चिम क्षेत्रबाट जति विद्युत छिर्छ त्यसको क्षमता प्याक भइसक्यो, क्षमता बढाउनका लागि यो आयोजना निर्माण गरेका हौं,’ उनले भने ।

दुई वर्षअघि काम सुरु भएको आयोजनाको हालसम्म ७० प्रतिशत काम सम्पन्न भएको छ । तार तान्ने कामको समयावधि सम्पन्न भइसकेको छ भने सबस्टेशन निर्माणका लागि ६ महिना समय बाँकी रहेको आयोजनाका इन्जिनियर अधिकारीको भनाइ छ । ‘तार तान्ने कामका लागि ६ महिना म्याद थप गर्न भनेर पठाएका छौं, थपियो भने अबको ६ महिनामा सबै काम सकिन्छ,’ उनले भने ।

तार तान्ने कामका लागि भारतको टाटा प्रोजेक्ट लिमिटेड सँग सम्झौता भएको थियो भने सवस्टेशन निर्माणका लागि चाइनाको सेनजेन फारार्ड इलेक्टि्रक कम्पनीलाई जिम्मा दिइएको हो ।

आयोजना निर्माण भएसँगै विद्युत वितरण सेवामा आउने समस्या हल हुने इन्जिनियर अधिकारीको भनाइ छ । ‘यो आयोजना डवल सर्किट प्रशारण लाइनको हो, पहिले सिंगल सर्किट भन्दा पावर पनि डबल बोक्न सक्छ, सेवाको गुणस्तरमा पनि वृद्धि हुन्छ,’ उनले भने । पावर कम भएका कारण सिस्टममा हुने फल्ट पनि कम हुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment