Comments Add Comment

सेयर बजारमा दोहोरो अंकको वृद्धि, कारोबार रकम ५४ करोड नाघ्यो

२४ चैत, काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । साताको पहिलो दिन आइतबार १७ अंक बढीले बजारमा उकालो लागेको हो ।

नेप्से परिसूचक १७ दशमलव १६ अंकले बढेर १ हजार १ सय ८२ दशमलव ३६ अंकमा पुगेको छ । आइतबार परिसूचकसँगै कारोबार रकम पनि उच्च देखिएको छ ।

दिनभर भएका ७ हजार ४ सय ४४ कारोबारबाट १६८ कम्पनीका १८ लाख ५४ हजार ८९ कित्ता सेयर किनबेच भएका छन् । जस अनुसार कारोबार रकम ५४ करोड ३९ लाख ५५ हजार ६ सय ४२ रुपैयाँ पुगेको छ ।

नेप्से परिसूचक १७ अंकले बढे पनि सबै समूह भने बढेका छैनन् । बैंकिङ समूह सबै भन्दा धेरै २८.१९ अंकले बढ्दा निर्जीवन बीमा समूह सबैभन्दा धेरै १९.२१ अंकले ओरालो लागेको छ ।

बैंकिङ, होटल, विकास बैंक, फाइनान्स र जीवन बीमा समूह उकालो लागेका छन् भने जलविद्युत्, निर्जीवन बीमा उत्पादनमूलक र लघुवित्त समूहहरु ओरालो लागेका छन् ।

कारोबार रकमका आधारमा एनआइसी एसिया बैंक पहिलो नम्बरमा देखिएको छ । एनआइसी एसियाकोमात्रै आइतबार ६ करोड ६४ लाख७२ रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको छ । ३ करोड रुपैयाँ बढीको कारोबार गर्दै एनएमबि बैंक दोस्रो स्थानमा देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment