Comments Add Comment

तारागाउँ होटल्सको १५० रोपनी जग्गा सरकारको नाममा ल्याउन संसदीय उपसमितिको निर्देशन

२४ चैत, काठमाडौं । संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो । उपसमितिले तारा गाउँ विकास समितिको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न पनि निर्देशन दिएको छ । उपसमितिले सरकारलाई यीसहित १३ बुँदे निर्देशन दिएको छ ।

त्यस्तै तारा गाउँ विकास समितिको १५४ रोपनी जग्गा हडप्ने किसिमले गरेको गैरकानूनी लिज सम्झौता प्रक्रिया पु¥याई रद्द गर्न पनि निर्देशन दिएको छ । उक्त सम्झौतामा होटल र तारा गाउँ विकास समिति पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएको भन्दै यस विषयमा छानबिन गर्न पनि उपसमितिले निर्देशन दिएको छ ।

उपसमितिले तारागाउँ विकास समितिको नाममा तारागाउँ रिजेन्सी होटल्सले सेयर स्वामित्व सुरु सम्झौतामा लिज सम्झौता प्रक्रिया पुर्‍याई रद्द गर्न निर्देशन दिँदै होटल र समितिको पदाधिकारीले अख्तियारको दुरुपयोग गरेको देखिएकाले छानबिन गर्न निर्देशन दिएको छ ।

तारागाउँ रिजेन्सी होटल्सले होटल घाटामा गएको देखाई सरकारलाई गैर कानुनी हानी नोक्शानी र आफूलाई लाभ पुर्‍याएको विषयमा पनि छानबिन गर्न निर्देशन दिएको छ ।

संसदीय समितिले तारा गाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न सांसद अग्नि सापकोटाको नेतृत्वमा उपसमिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment