Comments Add Comment

यूनाइटेड सिमेन्टद्वारा धादिङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

२४ चैत, काठमाडाैं । केएल दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट र धादिङस्थित धुनिवेशी नगरपालिकाको संयुक्त आयोजना तथा सहकार्यमा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । उक्त शिविर टायल घरस्थित बुद्ध भिजन एकेडेमी स्कुलमा  भएको थियो ।

स्वास्थ उपचारबाट कोही पनि नागरिक बञ्चित हुन नपरोस् भनेर सो कार्यक्रम आयोजना गरिएको यूनाइटेड सिमेन्टले जनाएको छ । धुनिवेशी नगरपालिका अन्तर्गत विभिन्न ठाउँबाट लगभग ५ सय ५० भन्दा बढि नागरिक यो शिविर बाट लाभान्वित भएका छन् ।

सो शिविरमा मुख्य रुपमा आँखा, छाला तथा चर्म रोग तथा स्त्री रोगको औषधी उपचारको व्यवस्था गरिएको थियो । नगर स्वास्थ प्रमुख शिवहरि भट्ट लगायत विभिन्न स्वास्थ संस्थाबाट १५ जना भन्दा बढि स्वास्थ कर्मीको उपस्थिति रहेको सो शिविरमा उल्लेख्य रुपमा बिरामीहरुको उपस्थिति रहेको र एकदमै उत्तम शैलीमा सेवा प्रदान गर्न सकिएकोमा नगरवासी धेरै नै हर्षित भएको जानकारी वडा अध्यक्ष राईले गराए ।

स्वास्थ शिविरमा धुनिवेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य तथा उप प्रमुख निरु खरेल लगायत वडा नं. ९ को अध्यक्ष साँइला राई तथा विभिन्न राजनितिक पार्टीका प्रतिनीधि साथै प्रहरी प्रशासनको उपस्थिति रहेको थियो ।

यूनाइटेड सिमेन्ट्स आगामी दिनमा पनि सामाजिक कार्यमा लाग्दै जाने उद्योगका विनोद कुमार न्यौपानेले बताए । अघिल्लो साल पनि शिक्षाको क्षेत्रमा यहि वडाका विभिन्न सरकारी विद्यालयमा यूनाइटेड सिमेन्ट्सले शैक्षिक सामाग्री हस्तान्तरण गरेको थियो ।

साथै अघिल्लो साल नै एम्बुलेन्स तथा एम्बुलेन्स सेवा संचालनका लागि आर्थिक सहयोग पनि यूनाइटेडले उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment