Comments Add Comment

काठमाडौं महानगरभित्रका बस अब राति १० बजेसम्म चल्नैपर्ने

२४ चैत, काठमाडौं । काठमाडौंमा चल्ने सार्वजनिक बसहरु अब राति १० बजेसम्म अनिवार्य सञ्चालन हुनुपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले सवारी तथा यातायात व्यवस्थापन ऐन २०७५ जारी गरी महानगरभित्रका रुटमा सञ्चालन हुने बसले विहान ५ देखि राति १० बजेसम्म सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको हो । कात्तिकदेखि माघ मशान्तसम्म भने बसले विहान ५ देखि राति ९ बजेसम्म सेवा दिनुपर्नेछ ।

ऐनमा महानगरपालिकासँग स्वीकृति नलिई सवारी साधनमा कुनै विज्ञापन राख्न नपाइने, बसमा फोहोर फाल्ने भाँडा, अग्नि नियन्त्रक उपकरण, राख्नुपर्ने चालक र सहचालकलाई पोशाक उपलब्ध गराउने, यात्रुलाई गुनासो गर्ने व्यवस्था मिलाउने व्यवस्था गरिएको छ । महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले सवारी साधनमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन खोजिएको बताए । उनले अबको १५ दिनमा ऐन प्रमाणीकरण भई राजपत्रमा प्रकाशित हुने पनि जानकारी दिए ।

ऐनमा सहचालकको दायित्वमा मदिरा तथा सुर्तीजन्य वस्तुको सेवन नगर्ने, अश्लिन नबोल्ने, यौनजन्य हिंसा नगर्ने आदि राखिएको छ भने चालकको दायित्वमा जथाभावी यात्रु चढाउने र ओराल्ने नगर्ने, अश्लिल नबोल्ने, अश्लिल गीत नबजाउने, अश्लिल फोटो नटाँस्ने, यौनजन्य दुव्र्यवहार नगर्ने, मदिरा र सुर्तीजन्य वस्तुको प्रयोग नगर्ने आदि राखिएको छ ।

त्यस्तै यात्रुले अनिवार्य टिकट लिनुपर्ने, कागजी टिकटलाई विद्युतीय टिकटले विस्थापन गर्नुपर्ने, तोकिएको स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने गर्नुपर्ने, प्राथमिक उपचार सामग्री राख्नुपर्ने व्यवस्था ऐनमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment